पुष २१ , काठमाडौं –नेकपा माओवादी विप्लव समुहको केन्द्रिय समितिको बैठक दाङको तुलसीपुरमा बस्ने भएको छ । आज र भोलि बैठक बसेर यहि २३ गतेदेखि २६ गतेसम्म तुलसीपुरमै हुने राष्ट्रिय सम्मेलनको एजेण्डाका विषयमा छलफल हुने जिल्ला सेक्रटरी बलबहादुर वली शितलले जानकारी दिनुभयो । त्यसका लागि विप्लवलगाएतको टोली तुलसीपुर आइपुगेको र अहिले केहीबेरमा बैठक शुरु हुने पनि उहाँले जानकारी दिनुभयो ।
चन्द पक्षको राष्ट्रिय भेला तुलसीपुरमा, केन्द्रीय समितिको बैठक आजदेखि
