पुष १७, काठमाडौँ- सन् २०१४ मा नेपालको पूर्वी नाका काँकडभिट्टाबाट ९ हजार ९४९ जना पर्यटक नेपाल भित्रिएका छन् । अध्ययागमन कार्यालय झापाका अनुसार सन् २०१४ को जनवरी १ देखि डिसेम्बरको अन्त्यसम्ममा काँकडभिट्टा नाका भएर ती पर्यटक नेपाल भित्रिएका हुन् ।
यो संख्या जुन अघिल्लो वर्षको तुलनामा चार हजार २९८ ले बढी रहेको छ । अघिल्लो वर्ष सो नाकाबाट पाँच हजार ६५१ जना पर्यटक मात्र नेपाल भित्रिएका थिए ।
नेपाल भित्रने पर्यटकमध्ये सबैभन्दा बढी बङ्गलादेशी रहेका छन् । जसमध्ये पाँच हजार ५५६ जना बङ्गलादेशी नागरिक र सबैभन्दा कम तीन जना श्रीलङ्काका नागरिक नेपाल भित्रिएको बताइएको छ ।