संविधान जारी गर्न युवा सभासद्हरुको दबाब अभियान, आज विज्ञहरुसहित रणनीतिक छलफल

पुष १४, काठमाडौ- तोकिएको समयमै संविधान जारी गर्न शीर्ष नेतृत्वलाई दबाब दिन संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलका युवा सभासदहरुले दबाब अभियान शुरु गरेका छन् ।

अभियान अन्तर्गत युवा सभासदहरुले आज भेला बोलाएका छन् । बिहान ११ बजे बोलाइएको भेलामा उनीहरुले संविधान निर्माणका प्रक्रियाका बारेमा विज्ञहरुसँग छलफल गर्न लागेको जनाएका छन् ।

आजको छलफलबाट आगामी दिनमा के के गर्ने भन्ने कार्यक्रम तय गरिने एक सभासद्ले जानकारी दिए । ४५ वर्षभन्दा कम उमेरका करिब ५० जना सभासद्हरुलाई आजको युवा सभासद भेलामा बोलाइएको छ । संविधान जारी गर्न तोकिएको माघ ८ आउन अब २५ दिन मात्र बाँकी छ ।