फागुन २७, काठमाडौं– भारतमा लामो समयदेखि बिद्रोह गर्दै आएका भारतिय माओबादीले फेरि छत्तिसगढमा धावा बोलेका छन् । छत्तिसगढको जगदपुर सुकमा रोडमा सडक निर्माण कार्यका लागि सुरक्षा दिइरहेका अर्धसैनिक बलमाथि माओबादीले आक्रमण गर्दा १६ जवानको घटनास्थलमैं मृत्यु भएको छ भने अन्य दुई दर्जन भन्दा बढी शतm घाइते भएका छन् । त्यस ठाउमा ४० जना अर्धसैनिकहरु सुरक्षाका लागि खटिएका थिए । माओबादी र अर्धसैनिकबिच करिब एक घण्टा जति दोहरो गोली हानाहान भएको अतिरितm पुलिस महानिर्देशक मुकेश गुप्ताले बताए । दोहरो गोली हानाहानमा माओबादीतर्फ समेत केही हाताहाती भएको छत्तिसगढ प्रहरीको दाबी छ । माओबादीले आक्रमण तोङगपाल नजिकै दरभा घाटीमा गरेको हो । सोही ठाँउमा गत मे २५ तारिखमा पनि माओवादीले कांग्रसको परिर्वतन यात्रामा आक्रमण गरेको थियो । जुन आक्रमण परि कांगेस नेता विद्याचरण शुक्ला, महेन्द्र कर्मा, प्रदेश अध्यक्ष नन्दकुमार पटेलसहित ३१ जनाले ज्यान गुमाएका थिए ।