फागुन २७, काठमाडौं– सरकारले आजै साझा सहमति सहितको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने नगर्ने अझै अन्यौल छ । हिजोको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आजै कार्यक्रम सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म टुङ्गो लागि नसकेको स्रोतको भनाई छ । दिउँसो प्रधानमन्त्री र केही मन्त्रीहरुबीच हुने छलफल पछि मात्रै आजै सार्वजनिक गर्ने वा भोलि सार्ने भन्नेमा निर्णय हुने बताईएको छ । सूचना तथा सन्चारमन्त्री मिनेन्द्र रिजालले सम्भव भएसम्म आजै सार्वजनिक गर्ने तयारी भएको बताएका छन् । नीति तथा कार्यक्रममा विकास निर्माण, सरकारको काम छिटोछरितो गर्नेगरि सरकारका अल्पकालीन र दीर्घकालीन कामको सूची सहित आउने उनको भनाई छ ।