फागुन २७, पोखरा – पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज अन्तिम क्वाटर फाइनलको खेल हुँदैछ । अन्तिम क्वाटर फाइनलको खेल रोमाञ्चक बन्नेछ । आयोजक सहारा क्लब पोखराका अनुसार आज क्वार्टरफाइनल लिग विजेता मनाङ मस्र्याङदी क्लब र संकटा क्लबबीच खेल हुनेछ । मनाङ आहा रारा गोल्डकपको साविक उपविजेता पनि हो । दिउँसो हुने खेलमा जीत हाँसिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताका विजेतालाई ३ लाख ५१ हजार र उपविजेतालाई २ लाख १ हजार रुपैयाँसाथमा ट्रफी, मेडल प्रमाणपत्र दिइनेछ । १२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल यही शनिबार हुनेछ ।