गरिबिले रहरलाई खाादो रहेछ । बनिसकेको पहिचान पनि ओझेल पर्दो रहेछ । यस्तै भयो अर्जुन घिमिरको जीवनमा । पन्ध्र बर्ष अघि धनगढीका गल्ली गल्लीमा अर्जुन दाई भन्नेहरुको कमी थिएन् । तर अहिले बुटवलमा अर्जुनलाई धनगढीमा जसरी चिन्दैनन् । भलिबल प्रतियोगितामा राष्ट्रियस्तरका दर्जनौं पुरस्कार समेत हात पार्न सफल हुनुभएका उहा अहिले बुटवलमा गुमनाम जस्तै हुनुभएको छ ।
२०३८ साल भदौ ४ गते कैलालीको धनगढीमा जन्मनु भएका अर्जुन राष्ट्रियस्तरका खेलखेल्दाखेल्दै विदेशिन वाध्य हुनु पर्यो । विगत सम्झदै उहा भन्नहुन्छ –आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउनु पर्ने भयो, त्यसैले ०६६ सालमा म कतार गए । ुत्यहिबाट मेरो पहिचान गुम्यो ।’ बुटवल १३ देविनगरमा कतारको आम्दानीले सानो वाास बनाएर बसेका अर्जुन भूगोल छाड्दा पनि ओझेलमा परेको बताउनुहुन्छ ।
सानैदेखि भलिबल खेलसंगै हुर्किएका अर्जुन वाध्यतावस कतार जानु परे पनि खेल प्रतिको मोहलाई चटक्कै विर्सिन सकेनन । वरु नेपालमा प्राप्त गरेका प्रमाणपत्र र अनुभव देखाएर कतारस्थित अल अरवियन स्पोर्टस क्लब दोहामा भलिबल कोचको रुपमा काम गर्नुभयो । आफ्नो सर्टिफकेट देखाउदै घिमिरे भन्दै हुनुहुन्थ्यो –मैलै अहिले पनि भलिबललाइ माया मार्न सकेको छैन् ।’ एउटै टिमबाट खेलेकाहरु अहिले नेपाल भलिबल संघको महासचिव भइसकेका छन् । भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दको रेजर अर्जुन नै थिए । त्यसैगरि जगदीश प्रसाद भट्टहरु संग पनि भलिबल खेल्नुभएको थियो अर्जुनले ।
बुटवलमा ओझेलिएका घिमिरेले विभिन्न समयमा राष्ट्रियस्तरका खेलहरुमा सहभागिता जनाउनुभएको थियो । मिनि राष्ट्रिय भलिबल प्रतियोगिता २०५५ मा सहभागि भएर अर्जुन घिमिरे उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित हुनुभयो । त्यसैगरि चौथौ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०५४, नेपालगञ्ज, २१ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०५९, पोखरा, २२ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०६० धनगढी र पाचौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०६५ काण्ठमाडौंमा अर्जुनको टिम सहभागि भएको थियो । यि प्रतियोगिताहरुमा कोहीमा तृतिय र कोहीमा चौथौ तथा विभिन्न उत्कृष्ट खेलाडीको अवार्ड पाएको प्रमाणपत्र उहासग छ । त्यसैगरि इन्डो नेपाल आमन्त्रण भलिबल २०६९ उपविजेता बनेको थियो । यो प्रतियोगितामा अर्जुन टिम कोचको रुपमा हुनुहुन्थ्यो । यतिमात्रै होइन् २०५८ सालमा नवौ दक्षिण एसियाली खेलकुदका लागि नेपालको तर्फबाट बन्द प्रशिक्षणमा छनौट हुनुभएको थियो तर त्यतिखेर अलकायदाद्धारा अेमरीकाको पेन्टागन भवनमा आक्रमण भएपछि खेल नै स्थगित भएर जान पाउनुभएन् । त्यतिखेर दक्षिण एसियाली खेलकुदमा सहभागि हुन पाएको भए, सायद म विदेश जाने थिएन’ उहाले भन्नुभयो –खेलाडी भएर बाच्न गाह्रो भएपछि म खेलबाट विरतिए । २०५६ सालदेखि २०६० सालसम्म कैलाली भलिबल संघमा प्रशिक्षकको भूमिकामा रहनुभएका घिमिरेको त्यतिखेर प्रसंसा गर्नेहरु धेरै थिए । अझै पनि सुदुरपश्चिम जाने हो भने आफुलाई खोज्ने बताउदै उहा भन्नुहुन्छ–घरजम नै बुटवल भएकाले अब म उता फर्किने शुरमा छैन्, त्यसैले बुटवलमै आफ्नो ज्ञान बाड्ने योजनामा छु । बुटवलमा अर्जुनलाई धेरैले चिन्दैनन् । तर भलिबलको राम्रो प्रशिक्षक भने अझै पनि हुन् । बुटवलका भलिबल खेलाडीले नचिने पनि भवानी बक्स गण रामनगर बुटवलमा भलिबल प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । कालिका उच्च मावि बुटवलमा अहिले स्र्पोट्स टिचरको रुपमा कार्यरत हुनुहुन्छ । केहि महिनाअघि मणिग्राममा रहेको शान्ति नमूना उच्च माविमा एक बर्षसम्म स्पोर्ट्स शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो । विद्यालयमा खेलकुल बिषय पढाउनका लागि राष्ट्रिय खेलकुद परिषदद्धारा लाइसेन्स प्राप्त गर्नुपर्छ । अर्जुनले ए लेभलको स्पोर्ट्स टिचरको लाइसेन्स लिनुभएको छ । खेल विज्ञानमा स्नातक तह उतिर्ण गर्नुभएका अर्जुन बुटवलमै बसेर भलिबल खेलाडी उत्पादन गर्न चाहेको बताउनुहुन्छ । २०६० सालमै बुटवलमा आएर बसोबास गर्न थाल्नुभएका घिमिरे राष्ट्रिय, क्षेत्रिय र जिल्लास्तरको खेलमा सहभागि हुन बुटवलबाटै जानुहुन्थ्यो । त्यो भन्दा अघि अर्थात ६० साल भन्दा अघि सुदुरपश्चिमै रहेर भलिबलखेलमा दरोसग जम्नुभएको थियो । आर्थिक समस्याकै कारण ६० सालदेखि नै भनगढी छाडेर बाहिरनुपरेको उहा बताउनुहुन्छ । जहा परिचित थिए, त्यहा बाटै विदेशिनुपर्यो, अहिले फेरी उहि फर्कने अवस्था छैन्, त्यसैले म बुटवलमै योगदान गर्न चाहन्छु’ अर्जुनले भन्नुभयो । भलिबललाई म छाड्न सक्दिन । स्पोर्टस् टिचरका लागि कोच लेभल एक गरिसक्नुभएका अर्जुन अहिले लेभल २ को तयारीमा हुनुहुन्छ । अध्ययन गर्दै भलिवल खेलवाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउने यहाको सपना छ । विनोद परियार