फागुन २६,काठमाडौं– दुईदिनदेखि वेपत्ता भएको मलेसियन विमान दुर्घटना भएको आशंका गरिएको छ । भियतनामको समुद्रमा दुर्घटना भएको केही अवषेश देखिएपनि पुष्टि भने भइनसकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । खोजीमा तीस भन्दा बडी विमान र अन्य सहयोगी खोजी कार्यमा जुटेका छन् । वियतनामको एक विमानले दक्षिण चाइनाको क्षेत्रमा केही अवशेष देखिएको जानकारी गराएको बताईएको छ । एक सय ५२ जना चिनियाँ नागरिक सहित दुई सय ३९ जना यात्रु बोकेको विमान क्वालालम्पुर विमानस्थलबाट उडेको दुई घण्टापछि सम्पर्क विहिन भएको थियो ।