फागुन २१, काठमाडौं– उपप्रधान तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले सहमतिबाट संविधान सम्भव नदेखिए बहुमतिय प्रक्रियाबाट संविधान जारी हुने बताएका छन् । विगतको संविधानसभा एकिकृत माओवादीका कारण असफल भएको आरोप लगाउदैं मन्त्री सिंहले अब कांग्रेस र एमाले मिलेर सहमतिका आधारमा संविधान जारी हुने ठोकुवा गरे । पाल्पामा आज विहान पत्रकारहरुसंग कुराकानी गर्दै सिंहले सरकारबाट मनोनित हुने २६ जनामा विज्ञ र समावेसीता मिलाईने बताए । प्रधानमन्त्री म्यानमागरबाट फर्के लगत्तै छलफल सुरु हुने र केहीदिनभित्रै २६ जनाको मनोनयन प्रक्रियाको टुङ्गो लाग्ने दाबी समेत गरे ।