एमाले केन्द्रीय कमिटिको वैठक जारी

cpn umlफागुन,१८ काठमाडौ–नेकपा एमाले केन्द्रीय कमिटीको बैठक अहिले बसिरहेको छ । पार्टी मुख्यालय बल्खुमा केहिवेरअघि सुरु भएको बैठकमा आगामी  नवौं महाधिवेशन, संगठित सदस्यता नवीकरणको समय थप्ने, विधान संशोधन लगायतका विषयमा छलफल भइरहेको छ । बैठकले जेठ ३ गतेदेखि सुरु हुने भनिएको महाधिवशेनका विषयमा पनि निर्णय गर्ने नेता पशुपति चौलागाईले जानकारी दिनुभयो । उहााले समयमा प्राविधिक काम सकिन्छ कि सकिादैन भन्ने विषयमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताउनुभयो । नेकपा एमालेको आसन्न नवौं महाधिवेशनलाई लिएर पार्टीमा दुई खाले मत सार्वजनिक भएको छ । एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल तथा संसदीय दलका नेता केपी शर्मा ओली र वामदेव गौतम पक्षका नेताहरुबीच फरक फरक धारणा आएको छ ।