उपप्रधानमन्त्री सिंहद्वारा क्रिकेट मैदान निरीक्षण

वैशाख ५, काठमाडौँ – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लड लाइट जडान कार्यको अनुगमन गरेका छन् ।

कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री सिंहले तोकिएको समयभित्र प्यारापिट निर्माण हुने विश्वास व्यक्त गरे । निरीक्षणका क्रममा निर्माणमा संलग्न कम्पनीका प्रतिनिधिले प्यारापिट निर्माणको अवस्थाबारे उहाँलाई जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री सिंहले जनशक्ति थपेर पनि समयमै काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । क्रिकेट मैदानमा १० हजार जना अटाउने प्यारापिट निर्माण भइरहेको छ । यसका साथै फ्लड लाइट जडानका लागि २०८१ फागुनमा सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published.