सुनको मूल्य तोलामा तीन हजार छ सयले बढ्यो

वैशाख ४, काठमाडौ – सुनको मूल्य तोलाको रु एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार मङ्गलबार प्रतितोला रु एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा रु तीन हजार ६०० ले रु एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको रु एक हजार ९६० कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु पाँचले बढेर एक हजार ९६० कायम भएको हो ।

Leave a Reply

Your email address will not be published.