सहकारी ठगी गर्ने कसैलाई छोड्दैनौ – मन्त्री गुरुङ

पुस १०, काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जो सुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् ।

काठमाडौं मातमू(गुरुङ) सञ्चारकर्मी संघ नेपालले आज आयोजना गरेको ‘तमू पत्रकारिता पुरस्कार वितगरण तथा गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण’ कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सांसद सुर्य थापाको नेतृत्वमा बनेको प्रतिवेदनमा रहेका सहकारी ठगी आरोपीत सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताएका हुन् ।

उनका अनुसार प्रतिवेदनमा उल्लेख भएका व्यक्ति एकै चोटी कारवाहीमा ल्याउन सक्दैनौँ । “पालै पालो गरेर कसैलाई पनि छोड्ने छैनौँ”, उनले भने,“सहकारी ठगी गर्नेहरु उम्कीन्छु भन्ने नसोचे हुन्छ ।” मन्त्री गुरुङले सहकारी ठगी आरोपमा अनुसन्धानको प्रक्रियामा रहेका रास्वपाका नेता रवि लामिछानेलाई छुटाउन गरिएको विरोध असंवैधानिक कार्य रहेको बताए । अदालतमा विचाराधिन रहेको मुद्धालाई प्रभावीत गर्ने काम भइरहेको भन्दै यो लोकतान्त्रीक पद्धति विपरीत कार्य भएको सुनाए । मन्त्री गुरुङले सहकारी ठगीको विषयमा कसैलाई पनि छोड्न नमिल्ने पटक पटक दोहो¥याए ।

मन्त्री गुरुङले भने,“सहकारी ठगी गर्ने चाहे त्यो कांग्रेस, एमाले, माओवादी होस् या जो सुकै हामी छोड्दैनौँ ।”कार्यक्रममा उहाँले रास्वपा पार्टीलाई मात्रै टार्गेट गर्यो सरकारले भन्नु गलत बुझाइ रहेकोमा प्रस्ष्ट पार्नुभयो । यस्तो होहल्लाले सहकारी ठगीको छानविन र अनुसन्धानलाई ओझेलमा पार्न गरिएको चलखेल रहेको सुनाए ।“रास्वपाले के बुझ्नु पर्यो भने आफ्नो नेता छानविनको दायरामा छन् भने छानविन हुन दिनुपर्यो”, मन्त्री गुरुङले भने“अदालतको नजिता पर्खनुपर्छ । सहकारीको छानविनको दायरामा परेका रवि लामिछानेलाई छाडिनुपर्छ भन्ने अप्रजातान्त्रीक र असवैधानिक कुरा हो ।”

Leave a Reply

Your email address will not be published.