गलकोटमा अस्पताल भवन निर्माण हुँदै

पुस ३, गलकोट – सङ्घीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ । तीन करोड ६४ लाख ६५ हजारको लागतमा गत वर्षदेखि अस्पताल भवन निर्माण सुरु गरिएको थियो ।

काठेखोला – ७ स्थित रेश वडा कार्यालय नजिकै उक्त अस्पताल निर्माण गरिएको हो । गाउँपालिकाले अन्य दुई स्थानमा आधारभूत अस्पताल निर्माण गरेको छ । बिहुँमा बनाएको बिहुकोट आधारभूत अस्पताल उद्घाटन भइसकेको छभने रेशमा पाँच शय्याको अस्पताल भवनलगत्तै सेवा दिनेगरी निर्माण गरिएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

नागरिकलाई जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार लैजानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पताल बनाइएको उनले बताए । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था, पायक पर्ने टाढाका रहेका गाउँ नागरिकलाई लक्षित गरी रेशमा अस्पताल बनाएपछि सहज हुने छ भने तत्कालै सेवा विस्तारमा पालिकाले ध्यान दिने काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बताए ।

गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल खालका उपचार पनि गाउँमै गर्ने वातावरण मिलाउनका लागि आधारभूत अस्पताल निर्माण गरिएको उनको भनाइ छ । आधारभूत अस्पतालमा मेडिकल अधिकृतसहितको सेवा दिन पालिकाले पहल गरेको अध्यक्ष थापाले बताए ।

Leave a Reply

Your email address will not be published.