सत्ताइस पदकसहित मानसरोवर नमूना प्रथम

असोज २०, सिमकोट – यही असोज १६ गतेदेखि सञ्चालन भएको सिमकोट गाउँपालिकाको माध्यामिक विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि सदरमुकामस्थित मानसरोव माध्यामिक विद्यालयले पाएको छ ।

विभिन्न विधामा सञ्चालन भएको उक्त प्रतियोगितामा मानसरोवर २६ पदकसहित प्रथम भएको विद्यालयका प्रधानध्यापक छिमी लामाले जानकारी दिइन्। उनका अनुसार विद्यालयले १४ स्वर्ण, चार रजत र आठ काश्य पदक जितेको हो ।

आठ स्वर्ण, आठ काश्य र पाँच रजत गरी २१ पदकका साथ बालमन्दिर मावि दोस्रो भएको छ । त्यसैगरी कर्णाली नमूना माध्यामिक विद्यालय दुई स्वर्ण, तीन रजत र एक काश्य गरी छ पदकसहित तेस्रो भएको प्रधानध्यापक लामाले बताइन्।

शनिबार सम्पन्न भएको उक्त राष्ट्रपति रनिङशिल्डमा पालिकाभित्र रहेका सातवटा माविको सहभागिता थियो । प्रथम हुने विद्यालयलाई रु १५ हजार, दोस्रोलाई रु १२ हजार र तेस्रोलाई रु नौ हजार पुरस्कारसहित शिल्ड, प्रमाणपत्र, मेडल वितरण गरिएको छ ।

भलिबल खेलमा उत्कृष्टमा कैलाश माविका छात्र मनिष सुनार छनोट भएका छन् भने छात्रातर्फ बालमन्दिर माविकी प्रकृति महत छनोट भएकी हुन् । यस्तै एथलेष्टिकतर्फ उत्कृष्टमा मानसरोवर माविका छात्र खगेन्द्र शाही र छात्रातार्फ बालमन्दिर माविकी तुलसी बोहरा छनोट भएका छन् ।

रलिङ माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल भण्डारीको अध्यक्षतामा र जिल्ला समनवय समितिका उपप्रमुख दलु फडेराको प्रमुख आथित्यका साथै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको विशेष आथित्यमा प्रतियोगिता सम्पन्न भएको थियो । समापन कार्यक्रममा नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, प्रधानध्यापकको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.