इजाजतप्राप्त हतियार सार्वजनिक स्थलमा बोकेर हिँड्न नपाइने

असोज ४,काठमाडौं -इजाजतप्राप्त हातहतियार सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा बोकेर हिँड्न नपाइने भएको छ ।

गृह मन्त्रालयले एक सुचना जारी गर्दै संसद् भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत सरकारी तथा सार्वजनिक स्थलमा दर्ता हतियार बोकेर हिँड्न नपाउने बताएको छ ।

‘नेपाल सरकारले हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ३ बमोजिम हातहतियार राख्न वा लिएर हिँड्न इजाजतप्राप्त गरेका तर दफा ४ र ५ बमोजिम यात्रा इजाजतपत्रप्राप्त नगरेका हातहतियार घरबाहिर लैजान नपाउने र इजाजतप्राप्त हतियारसमेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजत लिएको कार्यालयमा इजाजत नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक सरकारी कार्यालयहरू, अस्पताल, विमानस्थल, सार्वजनिक सवारीसाधन, धार्मिक तथा शैक्षिक स्थल, सिनेमा हल, व्यावसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा, जुलुस भएको स्थान, पुरातात्त्विक र संरक्षित स्थल, बाल गृह तथा प्रचलित कानुनले निषेध गरेका अन्य क्षेत्रमा समेत लैजान निषेध गरेकोले यो सूचना प्रकाशित गरिएको छ’ गृह मन्त्रालयका तर्फबाट राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published.