सम्पदा घिमिरे बनिन् मिस युनिभर्स नेपाल २०२४

भदौं २७, काठमाडौं मिस युनिभर्स नेपाल(२०२४ को उपाधि सम्पदा घिमिरेले जितेकी छिन् । बुधवार गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा २७ वर्षीया घिमिरेले उपाधि जितेकी हुन् ।

प्रतियोगिताकी विजेता घिमिरेले ३८ लाख रुपैयाँ मूल्य बराबरको २४५ ग्राम तौलको, सुन र हीरा जडित ताज लगाउने अवसर पाएकी हुन् ।

प्रतियोगिताको आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले विजेता घिमिरेलाई ताज पहिराइ र्दिएकी थिइन् । विजेता घिमिरेले अब नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

 

Leave a Reply

Your email address will not be published.