नरभक्षी चितुवा आतंक रोक्ने जिम्मा हामीलाई दिनुस

फागुन १६,बैतडी– बैतडीमा चितवाको आक्रमणबाट स्थानिय १८ जनाले ज्यान गुमाई सकेपछि चितुवा आतंक नियन्त्रणको जिम्मा आफुहरुलाई दिईनु पर्ने माग स्थानियबासीले गरेका छन् । नरभक्षी चितुवा आतंक रोक्न पटक पटक जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दा कुनै वास्ता नगरेकाले उनीहरुले यस्तो माग गरेका हुन् । स्थानिय प्रहरी प्रशासनले चितुवा आतंक रोक्न नसक्ने भए गाँउलेहरुलाई त्यो अधिकार दिन उनीहरुले माग गरेका छन । विगत दुई वर्ष यतादेखि बेतडीको विशालपुर, पञ्चेश्वर, उदयदेव, कुलाउ लगायतका गाविसहरु चितुवाले १८ जनाको ज्यान लिईसकेको छ । केहि दिन अभि मात्रैं विशालपुर कि एक तीन वर्षीय बालिकाको चितुवाको आक्रमणमा परि ज्यान लिएको थियो । चितुवाले बिधालय जादैं गरेका केटाकेटी माथि आक्रमण गरि ज्यान लिने गरेका कारण कतिपय स्थानियहरु आफ्ना छोराछोरीलाई निर्धक्क भएर बिधालय पठाउन समेत सकिरहेका छैन्न ।