आईसीसी क्रिकेट विश्वकप लिग–२, नेपालले श्रीलंकासंग खेल्दै

भदौं १८, काठमाडौं – नेपालको राष्ट्रिय क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्र्तगत नेपाली टोलीले श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग तीनवटा एकदिवसीय अभ्यास खेलहरू खेल्ने भएको छ ।

आजदेखि सुरु हुने अभ्यास खेल नेपाली टोलीको आगामी तयारीका लागि महत्त्वपूर्ण मानिएको छ । नेपाल र श्रीलङ्का डेभलपमेन्टबीचको खेल बिहान सवा १० बजेदेखि सुरु हुनेछ ।

दोस्रो अभ्यास खेल भोलि हुनेछ भने तेस्रो तथा अन्तिम खेल शुक्रबार खेलाइने छ । यसअघि, दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबारमा हुने तय गरिएको थियो । तर नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेलतालिका परिवर्तन भएको जानकारी गराउँदै सोमबार नयाँ तालिका सार्वजनिक गरेको थियो ।

श्रीलङ्का भ्रमणपछि नेपाली टोली आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा सहभागी हुनेछ । यो श्रृङ्खलामा नेपालले घरेलु टोली क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । क्यानडामा हुने श्रृङ्खला नेपाली टोलीका लागि आईसीसी क्रिकेट विश्वकप लिग–२ को महत्त्वपूर्ण छ ।

क्यानडाको श्रृङ्खला समाप्त भएपछि नेपाली टोलीले अक्टोबरमा अमेरिकामा अर्को त्रिदेशीय श्रृङ्खला खेल्ने छ । यस श्रृङ्खलामा घरेलु टोली अमेरिका, नेपाल, र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा हालसम्म नेपालले चार खेल खेलिसकेको छ, जसमा दुई अंकसहित सातौँ स्थानमा छ । यस प्रतियोगितामा नेदरल्यान्ड्स ८ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।