पेरिस ओलम्पिक -इजिप्टसँग स्पेन पराजित


साउन १६, एजेन्सी – इजिप्टले पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा स्पेनलाई पराजित गरेको छ ।

४०औं मिनेटमा आदिल इब्राहिमले गोल गर्दै इजिप्टलाई सुरुआती अग्रता दिलाएका थिए। ६२औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

बोर्डेयुक्स रंगशालामा मंगलबार राति भएको खेलमा इजिप्ट २–१ गोलअन्तरले विजयी भएको हो ।