कोशी प्रदेश सम्पर्क कमिटिको प्रशिक्षण सुरु

काठमाडौँ, १३ साउन-नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटिले १८ हप्ते प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । चार दिन देखि जारी प्रशिक्षणको चौथो दिन शनिबारसम्म पार्टीका उपमहासचिव प्रदिप ज्ञवाली, सांसद एवं पार्टीका पोलिट ब्युरो सदस्य इश्वरी रिजाल, डा. पुष्प कडेँल लगायतले विभिन्न राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रमको उद्घाटन ज्ञवाली गर्नु भयो भने कमिटिका अध्यक्ष नवराज घिमिरे सभाअध्यक्षता ग्रहण गर्नुभएको छ । नेता डा. पुष्प कडेँलले मार्क्सवादी अर्थशास्त्र’ विषयमा प्रशिक्षण दिनुभयो । शनिवार भएको प्रशिक्षणमा सांसद रिजालले मार्क्सवादी राजनीति अन्तर्गत वर्ग संघर्षको राजनीति’, ‘ साधन कम्युनिष्ट पार्टी’, साधन श्रमजीवी वर्गको राज्यसत्ता’, सर्वहारा अन्तराष्ट्रियतावाद’, अन्तराष्ट्रिय मानव जाति’ र मार्गदर्शक सिद्धान्त लेनिनवाद शिर्षक अन्तर्गत लेनिनवादको परिचय’, मार्क्सवादीको रक्षा, प्रयोग र विकास’, युगको व्याख्याता’, संगठनात्मक सिद्धान्तको प्रतिपादक’, समाजवादको प्रयोगकर्ता’, क्रान्तिको कुशल रणनीतिकार’ विषयमा प्रशिक्षण दिनुभएको थियो ।