फागुन १६,काठमाडौं– नेपालका उत्पादित औषधिका विषयमा जानाकारी दिन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो सुरु हुदैछ । एक्स्पोमा स्वदेशी र विदेशी कम्पनीका गरी ९० भन्दा बढी स्टल रहने र फर्मा एक्स्पो आइतबारसम्म चल्ने आयोजक नेपाल औषधि उत्पादक संघले जनाएको छ । एक्स्पो मार्फत औषधि उत्पादन प्रविधिका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराइने उदेश्यले आयोजना गरिएको संघकोले जनाएको छ । एक्स्पोमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त शिविरको पनि आयोजना गरिएको छ । नेपालमा उत्पादन हुने औषधि बजार व्यवस्थापन, गुणस्तर मापन लगाएतका विषयमा पनि जानकारी गराइनेछ ।