विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी


असार २८, काठमाडौ – प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित प्रस्तुत बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावका लागि दुई घण्टा निर्धारण गरेका छन । छलफलपश्चात् मत विभाजनका आधारमा मतदान हुनेछ ।