असार २४, काठमाडौं – घरेलु टोली जिम्बावेसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १ सय रनले विजयी भएको छ ।
हरारेमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर ४ बलमा १ सय ३४ रनमा अलआउट भयो । जिम्बावेका वेस्ले मेधेवेरेले सर्वाधिक ४३ रन बनाए । भारतका मुकेश कुमार र आवेश खानले ३र३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय ३४ रन बनायो । भारतका अभिषेक शर्माले शतक बनाए । उनले ४७ बल खेल्दै ८ छक्का र ७ चौका प्रहार गरे । यस्तै रुतुराज गायकवाडले ७७ र रिङ्कु सिंहले नट आउट ४८ रन बनाए ।
योसँगै ५ खेलको शृङखला १र१ को अवस्थामा पुगेको छ । पहिलो खेल जिम्बावेले जितेको थियो । तेस्रो खेल आउँदो बुधवार, चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम खेल आउँदो आइतवार हुनेछ ।