‘लण्डन टु पेरिस’को ‘हतारले’ सार्वजनिक

जेठ ३०, काठमाडौं  – चलचित्र लण्डन टु पेरिसुको नयाँ गीत ुहतारलेु रिलिज गरिएको छ । युट्युबमा रिलिज उक्त गीतमा चलचित्रका चार मुख्य कलाकार निश्चल खड्का, कवीर खड्का, गरिमा शर्मा र रुष्मा थापा फिचर्ड छन् ।

घनश्याम लामिछाने निर्देशित चलचित्रले ट्राभल लभ स्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको सङ्गीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व सङ्गीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय बस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।