फागुन १६, दार्चुला– द्धन्द्धकालमा क्षति भएका दार्चुलाका विद्यालयहरु पुर्ननिर्माण गर्नका लागि बजेट अपुग हुने गरेको छ । शान्तिका लागि विकास कार्यक्रम मार्फत विद्यालय भवन निर्माण गरिन लागेपनि बजेट प्राप्तता नहुँदा ढिलाई भएको हो । बिधालय पुर्ननिर्माणको रकम किस्ता किस्तामा आउने गरेका कारण निर्माय कार्य सुस्त गतिमा भैरहेको स्थानियहरुको भनाई छ । द्धन्द्धकालमा क्षति भएका त्यस्ता बिधालयहरुलाई भवन निर्माणको लागि वार्षिक एक लाख रुपैयाँ मात्र छुट्याइदा भवन समयमै बन्न नसकेको जिल्ला इन्जिनियर मदनराज जोशीले बताए । शान्तिका लागि विकास कार्यक्रम अन्तरगत अहिले जिल्लाका ८ वटा विद्यालय भवन निर्माण हँुदैछन् ।