मंसिर २, काठमाडौँ-पन्चेश्वर विकास प्राधिकरण र विद्युत व्यापार संझांैता पिटिए अनुसार गठित कार्यसमुहको बैठक भारतमा बसीरहेको छ । भारतको नयाँदिल्लीमा जारी बैठकमा नेपालका तर्फबाट उर्जा सचिब राजेन्द्र किशोर क्षेत्री नेतृत्वको टोली सहभागिता जनाएको उर्जा मन्त्रालयले जनाएको छ । नेपाली वार्ता टोलीमा उर्जा सचिब सहित १० जना सहभागी छन् । नेपाल भारतबीच भएको बिद्युत व्यापार संझौता अनुसार दुई मुलुकका उर्जा सचिब र सहसचिब नेतृत्वमा संयुक्त स्टेरिङ कमिटि र संयुक्त कार्य समुहको बैठक दिल्लीमा नै मंसिर ४ गते बस्ने छ ।
पन्चेश्वर बारे भारतमा छलफल शुरु
