फागुन १५, काठमाडौं – हिन्दु धर्मालम्वीहरुले आज महाशिवरात्री मनाईरहेका बेला मौसम बेमान भई पानी पर्ने सम्भावना बढेर गएको छ । देशका बिभिन्न ठाउमा गएराती देखिनैं मौसम बदली भई छिटफुट बर्षा समेत भएको छ । गएराती सुदुरपश्चिमका केही पहाडी जील्लाहरुमा बर्षा भएको छ । काठमाण्डु उपत्यका लगायत देशका बिभिन्न क्षेत्रमा अहिले पनि आकासमा धुम्म बादल लागेको र अपराहन्नसम्म छिटफुट बर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसममा आएको बदलीका कारण उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको विभागको भनाई छ ।