प्रधानमन्त्री यूएई प्रस्थान

मंसिर १४, काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राती संयुक्त अरब इमिरेट्स ९यूएई० तर्फ प्रस्थान गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन कोप२८० को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार राती यूएई प्रस्थान गरेका हुन्। यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप(२८ को २८औँ सम्मेलन सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

साथै डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्री सहभागी हुनेछन्। प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।