भदौं २१, काठमाडौं – निर्देशक दिवाकर भट्टराईले नयाँ फिल्म ‘मायावी’को निर्माण तथा निर्देशन गर्ने भएका छन् । नायिका दीपिका प्रसाईँको मुख्य भूमिका रहने फिल्मको छायांकन आगामी असोज २ गतेबाट हुनेछ ।उनको जोडीको रुपमा अभिनेता आर्शिवाद क्षेत्रीले अभिनय गर्ने बुझिएको छ ।
साथै यो फिल्ममा अन्य दुई अभिनेता पनि मुख्य कलाकारको रुपमा अनुबन्धित भएका छन् । तर ती कलाकारहरूको नाम भने निर्माण टिमले खुलाएको छैन ।
दिवाकरले ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ फिल्म निर्देशन गरिसकेका छन् । साथै ,उनको अर्को फिल्म ‘हनी बनी’ प्रदर्शनको तयारीमा रहेको छ ।