कात्तिक २३, काठमाडौँ -जापानी प्रधानमन्त्री सिन्जो आबे आइतबार बेइजिङ् पुगेका छन् । उनी केही बेर अघि २२ औं एसिया प्रशान्त आर्थिक सहयोग मञ्च मा भाग लिनको लागि त्यसतर्फ उडेको बताइएको छ । यसैबीच प्रधानमन्त्री सिन्जो आबे तथा चिनियाँ राष्ट्रपति सी जिनपिङ्बीच पहिलो शिखर बैठक हुने समाचार गत शुक्रबारनै जनाइएको थियो । एसियाका दुई ठूला अर्थतन्त्रबीच गत दुई वर्षसम्म वैमनस्य जस्तो अवस्था देखिएको थियो । यसैबीच २२ एपेकमा भाग लिनको लागि फिलिपिन्सका प्रधानमन्त्री बेनिग्नो आकिइनो पनि आइतबार बइेजिङ् पुग्नु भएको समाचार प्राप्त भएको छ ।