साउन १९, काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी छ । गत बुधबारदेखि सुरु भएको बैठकमा प्राय नेताहरुले आ–आफ्नो धारणा राखिसकेका छन् ।
मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका कामका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।