नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे- अध्यक्ष यादव

साउन १४, काठमाडौ – जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले शिक्षा क्षेत्र देशकै सबै भन्दा अराजक र बेवारिसे भएको टिप्पणी गरेका छन् । आईतबार काठमाडौंमा समाजवादी विद्यार्थी मोर्चाद्वारा आयोजित अन्तरक्रियामा उनले सरकारले लगानी गरेको शिक्षा क्षेत्र व्यवस्थित हुन नसकेकै कारण सरकारी लगानीका विद्यालय, विश्वविद्यालयले विद्यार्थी पाउन छोडेको बताए ।

‘नेपालमा सबै भन्दाबढि ध्वस्त भएको सबै भन्दा बढि बर्वाद भएको सबै भन्दाबढि अराजक भएको र सबै भन्दाबढि बेवारिसे भएको कुनै क्षेत्र छ भने त्यो हो शिक्षा क्षेत्र । चाहे त्रिभुवन विशवविद्यालय होस या सरकारले लगानी गरेको विद्यालय होस अब त विद्यार्थी पाउन पनि छोडिसक्यो ।’ उनले शिक्षाको क्षेत्रप्रति आमजनाको विश्वास उडेको भन्दै यस्तै प्रवित्ती बढ्दै गए नेपालको हालत के होला ? प्रश्न गरे । शिक्षामा अमुल परिवर्तनको आवश्यकता भएको र त्यसको सम्पुर्ण दायित्व राज्यले लिनुपर्ने उनको भनाई छ ।