फागुन १३ , काठमाडौं – प्रधानमन्त्री निर्वाचित भएको १५ दिन वित्नै लाग्दा आज मन्त्रीमण्डल विस्तार हुने पक्का भएको छ । सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमलेले आ–आफ्नो तर्फबाट मन्त्रीका लागि नामावली तयार पारेपछि आज साझँसम्ममा मन्त्रीमण्डल विस्तार हुने भएको हो । काँग्रेस र एमालेमा आन्तरिक गुटबन्दीका कारण भागबन्डा मिलाई मन्त्री छान्न सकस भएको थियो । दुबै पार्टिबाट प्रधानमन्त्री सुशिल कोइराला समक्ष नामावली पेश भैसकेकाले साँझ ५ बजेपछि मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम सुरु हुने बालुवाटार स्रोतले जनाएको छ ।