साउन ११, एजेन्सी -फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज अमेरिका र नेदरल्यान्ड्स, पोर्चुगल र भियतनाम तथा अस्ट्रेलिया र नाइजेरिया खेल्दैछन् । आज हुने पहिलो खेलमा बिहान पौने ७ बजे समूह ‘ई’ का अमेरिका र नेदरल्यान्ड्सबीच खेल हुँदैछ ।
त्यस्तै, समूह ‘ई’ कै पोर्चुगल र भियतनाम दिउँसो सवा १ बजे खेल्नेछन् । आजको अर्को खेलमा दिउँसो पौने ४ बजे समूह ‘बी’ का अस्ट्रेलिया र नाइजेरियाबीच खेल हुनेछ ।
हिजो भएका खेलमा क्यानडा, स्पेन र जापान विजयी भएका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।