इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानलाई

साउन ८, एजेन्सी  – एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ ।

हिजो भएको फाइनलमा भारत ‘ए’ १ सय २८ रनले पराजित भयो ।

जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अलआउट भयो ।

उसका अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । कप्तान यश धुल ३९ रनमा आउट भए । पाकिस्तानका सुफियान मुकिमले सर्वाधिक ३ विकेट लिए ।