साउन २, काठमाडौं -मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन्।
यसअघिका कप्तान हरिहजुर थापालाई नेपाल भलिबल संघले बर्खास्त गरेको थियो ।
संघको सोमबार बसेको कार्यसमिति बैठकले श्रेष्ठलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो।
श्रेष्ठले सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उनी त्यसयता निरन्तर टोलीमा रहेका छन्।