जेठ २१, एजेन्सी – नेपालले निर्णायक तथा पाँचौ महिला टी – ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज आईतबार मलेसियासँग खेल्दैछ ।
खेल मलेसियाको वाइएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ ।
पाँच खेलको टी- ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २ २ को बराबरीमा छ ।
यस खेलमा जित हात पारेर नेपाल सिरिज जित्ने सोचमा रहेको छ । मलेसिया पनि सोहि लक्ष्यका साथ मैदान उत्रने छ ।
यस खेलमा जित हात पार्ने टोली नै पाँच खेलको महिला टी(ट्वान्टी सिरिजको विजेता हुने भएकोले खेल रोमान्चक हुने अनुमान लगाउन सकिन्छ ।
पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको थियो ।
तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो ।