म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा

जेठ, ४,एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा बुधबार राति रियल मड्रिडलाई ४ ० ले हराउँदै समग्रमा ५ १ को जितसहित सिटी फाइनल पुगेको हो ।

अब सिटीले उपाधिका लागि इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ । इस्तानबुलमा हुने फाइनल खेल जुन १० मा हुनेछ ।