फागुन ९, डडेल्धुरा– जिल्लाको कृषी उत्पादन सुधार गर्नका लागि डडेल्धुरा जिल्लामा पहिलो पटक बाली उपचार शिविर सञ्चालन हुने भएको छ । शिविरमा किसानले आफ्ना बाली र माटो ल्याएर रोगको उपचार गर्न सक्नेछन् । जिल्ला कृषि विकास कार्यलयले क्षेत्रिय कृषि निर्देशनालय र क्षेत्रिय बाली सरंक्षण प्रयोगशालाबाट बालिमा लागेको रोगको उपचार गर्न प्रावधिक ल्याउने तयारि गरेको कृषि विकास कार्यालयले जनाएको छ । सुदूरपश्चिममा पहिलो पटक बालि रोग विशेषज्ञबाट रोग परिक्षण गरि लागिएको हो ।