फागुन ९, हुम्ला – पशुसेवा कार्यालय हुम्लामा कार्यरत कर्मचारी कार्यालय समयमा पसलमा गई रक्सी पिउन जाने गरेको पाईएको छ । सेवा लिन पशु कार्यालयमा आउदा त्यहा कर्मचारी नभेटिने र उनीहरु नजिकैको होटलमा रक्सी खाईरहेको अवस्थामा फेला पर्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । कर्यालयमा आएका सेवाग्राहीलाई सेवा दिनुको साटो गाली गलौज समेत गर्ने गरेको स्थानियको आरोप छ । कार्यालय समयमै कर्मचारीले मदिरा सेवन गर्ने गरेको भएपनि प्रशासन कार्यालयले निगरानी नगरेको स्थानियबासिन्दाको गुनासो छ । केही दिन यताको हिमपातका कारण पुश चौपायहरु बिमारी परेकाले औषधी उपचार गर्न स्थानियहरु पशु सेवा कार्यालय पुगे पनि त्याहा कर्मचारीको बेवास्ताका कारण निकै हैरानी बेहर्नु परिरहेको उनीहरुको गुनासो छ ।