पुस २२, काठमाडौं -नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु अघि नै विश्वासको मत दिने या नदिनेबारे निर्णय गरिने बताएका छन् । पार्टीले प्रधानमन्त्रीले विश्वासको मत लिने २६ गते भए पनि त्यसको एक दिन अघि नै निर्णय गरेर जाने ज्वालाले स्पष्ट पारे ।
रातोपाटीसंग कुरा गर्दै ज्वालाले भने ‘हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिने(नदिने भन्ने विषयमा अलमल छैनौँ । विश्वासको मत दिने आधार हुनुपर्यो। अब मन्त्रीहरूको भागवण्डा कसरी हुन्छ रु सरकारका न्यूनतम साझा कार्यक्रम कसरी ल्याइन्छ । समग्र विषयलाई विश्लेषण गरेर विश्वासको मत दिने नदिने निर्णय गछौं ।’
जनताका यावत सवालका विषयमा कसरी सम्बोधन हुन्छ भन्ने विषयलाई प्राथमिकता राखिएको ज्वालाले बताए । अझै विश्वासको मत दिने समय बाँकी भएकाले निर्णय नगरिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।