पुष २१, काठमाडौं – भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयको दैनिक सेवा प्रवाह तथा अभिलेख व्यवस्थापनको स्थितिको आकस्मिक निरिक्षण गरेका छन्।
उनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख रामकृष्ण उप्रेती र कर्मचारीहरुलाई कार्यालयको सेवा प्रवाह गुनासो रहित र झन्झटमुक्त बनाउन र पारदर्शी तवरबाट कार्यसम्पादन गर्न अनुरोध गरेका थिए । उनले देशका सवै मालपोत कार्यालयहरुमा वीसलाखको हाराहारीमा यस्ता अभिलेखहरु रहेको र बाइसे चौवीसे राज्यकालीन प्रमाणका दृष्टिले यी अभिलेखहरु दीर्घकालसम्म सुरक्षित राख्नु पर्ने तर यिनीहरुको विद्युतीय प्रति नराखिदा कागजहरु च्यातिने र हराउने संभावना देखिएकाले अभिलेखहरुको संरक्षण गर्ने कार्ययोजना तत्काल तयार गरि कार्यान्वयनमा ल्याउन विभागमा महानिर्देशकलाई निर्देशन दिए ।
निरीक्षणमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पदमनिधि सोतीसमेत सहभागी थिए । उनले विभागको विद्युतीय प्रणालीलाई प्रभावकारी वनाउन र मालपोतको सेवा प्रवाहमा हुन सक्ने अनियमितता रोक्न विद्युतीय प्रणालीको सेवालाई प्रभावकारी बनाउन समेत निर्देशन दिएका छन् ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपश्चात मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई चुस्त दुरुस्त र गुनासोरिहत बनाउने अभियानमा लागेका सचिव डा। रेग्मीले सचिव संग कार्यालय प्रमुख अभियान कार्यान्वयनमा ल्याइ कार्यालय प्रमुखहरु संग मासिक भर्चुअल बैठक आयोजना गर्दै आएका छन् ।