एघार महिनामा भित्रिए साढे पाँच लाख पर्यटक

मंसिर १६, काठमाडौं  – पछिल्लो ११ महिनामा पाँच लाख ४९ हजार ६ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म पाँच लाख ४९ हजार छ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

बोर्डका अनुसार नोभेम्बर महिनामा ७२ हजार ६ सय ५३ पर्यटक नेपाल आएका छन्। अघिल्लो अक्टोबरमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए। अप्रिलमा ६१ हजार पाँच सय ८९ र सेप्टेम्बरमा ५८ हजार तीन सय १४ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

त्यस्तै, अगष्टमा ४१ हजार ३ सय ४, जुलाइमा ४४ हजार ४ सय ६२ र जुनमा ४६ हजार ९ सय ७५, मेमा ५३ हजार ६ सय आठ, मार्चमा ४२ हजार ६, फेब्रुअरीमा १९ हजार ७ सय ६६ र जनवरीमा १६ हजार ९ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

नोभेम्बरमा पनि भारतबाट २० हजार ८ सय ३२ पर्यटक आएका छन्। अमेरिकाबाट ७ हजार ८ सय ३१, बेलायतबाट ५ हजार १ सय ६५ र अष्ट्रेलियाबाट ३ हजार ३ सय ७५ पर्यटक नेपाल भित्रिएका छन्।

यस्तै, बङ्गलादेशबाट २ हजार २ सय १८, थाइल्यलाण्डबाट २ हजार ४ सय ४१ पर्यटक आएका छन्। रासस