वैशाख ११, काठमाडौ – हेटौँडा उपमहानगरपालिकाले दुई करोड १० लाखमा दुई वटा कल्भर्ट निर्माण गरेको छ ।
उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने हेटौँडा–नागस्वती–हटिया सडकखण्डमा पर्ने हरियालीस्थित खहरेखोलामा र वडा नम्बर ८ ओमनगरस्थित खहरेखोलामा गरी दुई वटा कल्भर्ट निर्माण गरेको हो ।
हालै निर्माण सम्पन्न भएका दुवै कल्भर्टको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । पालिकाका अनुसार एउटा कल्भर्ट रु एक करोड १९ लाख र अर्को रु ८२ लाख तीन हजार ९८६ को लागतमा निर्माण गरिएको हो ।