वैशाख १, चितवन – वन्यजन्तुको संरक्षणका लागि समुदाय केन्द्रीत सचेतनामूलक कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन लागिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आजदेखि ७ गतेसम्म समुदाय केन्द्रीत कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन लागेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज निकुञ्जमा झण्डोत्तोलन गरेर सप्ताहका सुरुआत गरिँदै छ । हरेक वर्ष वयजन्तु संरक्षणका लागि सप्ताहव्यापी कार्यक्रम गरेर मनाइँदै आएको छ । समुदायस्तरमा वन्यजन्तु संरक्षणको सचेतना जगाउनका लागि कार्यक्रम प्रभावकारी हुने गरेको उनले बताए ।
उहाँले भन्नुभयो “समुदायस्तरमा वन्यजन्तुको महत्व बुझाउन सकेमा संरक्षण कार्य प्रभावकारी हुने छ ।” निकुञ्ज, नेपाली सेनाले मात्रै वन्यजन्तुको महत्व बझ्नुभन्दा पनि समुदायस्तरमा बुझाउन सके चोरि सिकारी न्यूनीकरण हुने, वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
निकुञ्ज संरक्षणमा राज्य मात्रै नभएर समुदायको महत्वपूर्ण भूमिका हुने हुँदा यस्ता कार्यक्रमले समुदायलाई संरक्षणतर्फ डो¥याउन थप मद्दत मिल्ने गरेको छ । चोरी सिकारी नियन्त्रणमा सबैभन्दा बढी भूमिका समुदायको रहने गरेको छ ।