फागुन १६, काठमाडौं – सरदार रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज’ पुरस्कार गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली भाषासाहित्यलाई समृद्ध तुल्याउन उनले निर्वाह गरेका योगदानको कदर गर्दै रु ५० हजार राशिको उक्त पुरस्कार बताए ।
साहित्यकार रुद्रराज पाण्डेको १२५ औँ जन्मजयन्तीका दिन यही फागुन २६ गते उक्त पुरस्कार प्रदान गरिनेछ । उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवाका पाण्डेले उल्लेखनीय योगदान गरेका छन् । उनको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ ।