फागुन १२, काठमाडौँ – प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर खनालले भन्सार कार्यालयले जफत गरेका सामान समयमै लिलाम गरेर राजस्व सङ्कलन बढाउन सरकारको ध्यानार्कषण गराए।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद खनालले राजस्व छलेर ल्याइएका सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले जफत गरेको लामो समयसम्म पनि ती सामान लिलामी बिक्री नहुँदा खेर गइरहेको बताए ।
“महेशपुरमा रु ५० लाख बराबरको चिनी जम्मा भएको छ । समयमा लिलाम गर्न नसक्दा त्यसलाई नष्ट गर्न उल्टै रु पाँच लाख लाग्ने भयो”, उनले भने, “देशभरका अन्य भन्सारमा ट्रक, मोटरसाइकललगायत सवारीसाधन खिया लागेको अवस्थामा छन् । सरकारको राजस्व खेर गइरहेको छ ।”