मुटु परीक्षण शिविरबाट ८७० जना लाभान्वित

फागुन ४, तेह्रथुम – जिल्ला सदरमुकाम म्याङलुङमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट आठ सय ७० जना लाभान्वित भएका छन् ।

लायन्स क्लब अफ काठमाडौँ बुद्ध युनिभर्सलको आयोजना र सहिद गङ्गालाल हृदय केन्द्र काठमाडौँको प्राविधिक सहयोग तथा सांसद सीता गुरुङ, म्याङलुङ नगरपालिका, नबिल बैंकसहित जिल्लास्थित विभिन्न संस्थाको समन्वयमा निःशुल्क मुटु परीक्षण शिविर सम्पन्न भएको हो । शिविरमा मुटुसम्बन्धी परीक्षण, मधुमेह, उच्च रक्तचापलगायतको परीक्षण गरिएको थियो । जिल्लाका छवटै पालिकाबाट मुटुको समस्या भएका बिरामी परीक्षणका लागि आएका थिए ।

शिविरमा परीक्षण गरिएकाहरू थप उपचार गर्नुपर्ने बिरामीलाई गङ्गालाल हृदय केन्द्र काठमाडौँमा निःशुल्क उपचार गरिने गङ्गालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा रवि मल्लले बताए । बिरामीको यातायातको शुल्क भने जयन्ती मेमोरियल ट्रष्टले बेहोर्ने उनले बताए । शिविरमा मुटुरोग विशेषज्ञ डा दीपक लिम्बूसहितको १८ विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए ।

तेह्रथुमबाट मुटुसम्बन्धी विशेषज्ञ सेवा लिन राजधानी तथा सुविधासम्पन्न अस्पताल जानुपर्ने अवस्था छ । जसका लागि पैसा र समय पनि खर्चिलो भएकाले सबैको पहुँचमा नहुने भएकाले तेह्रथुमजस्तो विकट पूर्वी पहाडी जिल्लामा मुटुसम्बन्धी समस्या भएकालाई सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको उनले बताए ।

म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले मुटु परीक्षणका लागि तेह्रथुमजरे। सांसद गुरुङले तेह्रथुम जिल्लामा मुटुको स्वास्थ्य शिविर लामो समयको प्रयासपछि ल्याउन सफल भएको बताए ।

Leave a Reply

Your email address will not be published.