प्रनिशा बस्नेत
समावेशी शिक्षा भनेको सबै बालबालिकालाई जात, धर्म, लिङ्ग, शारीरिक अवस्था वा सामाजिक पृष्ठभूमिको भित्रतालाई नहेरी एउटै शैक्षिक वातावरणमा सिकाइको अवसर प्रदान गर्नु हो । तर,समावेश शिक्षाको अभ्यासमा विभित्र चुनौतीहरु देखा परेका छन् । नेपाल जस्तो बहुजातीय र बहुभाषिक देशमा यीचुनौतीहरु अझ जटिल बत्र सक्छन् । अटिजम भएका बालबालिकाका लागि समावेशी शिक्षा महत्वपूर्ण छ,तर यो कार्यान्वयनमा शिक्षक, अभिभावक र विद्यालयले विभित्र चुनौतीहरुको सामना गर्नुपर्छ ।
अटिजमका भएको बालबालिकाको लक्षणहरु एकअर्कासँग धेरै फरक हुन्छन् । अटिजमका भएका बालबालिकामा सामाजिक अन्तरक्रियामा समस्या भाषिक कठिनाइ दोहोरिने व्यवहार सेन्सेरी संर्वदनशीलता जस्ता लक्षण देखिन्छन् । यी लक्षणका कारण कक्षाकोठामा उनीहरुको आवश्यकता बुझ्न कठिन हुन्छ । अटिजमका भएकाबालबालिकाको सिकाइ र व्यवहारलाई व्यावस्थापन गर्न शिक्षकलाई विशेष तालिमको आवश्यक हुन्छ र अटिजम सम्बन्धी ज्ञान र उनीहरुको विशेष आवश्यक्तालाई बुझ्न शिक्षकहरु प्राय तयार हुदैनन् । यसले शिक्षण प्रत्रियामा समस्या निम्त्याउँछ ।
अटिजमका भएका बालबालिकाको लागि अनुकूल सिकाइ वातावरण आवश्यक हुन्छ । तर धेरै विद्यालयमा यस्ता स्रोत र पूर्वाधार उपलव्ध छैनन् । जस्तै : सेन्सरी सामग्रीको अभाव, व्यक्तिगत शिक्षण योजना (Individualized Education Plan– IEP),अनूकल कक्षा कोठावातावरण कमी । अभिभावक, शिक्षक र अन्य विद्यार्थीहरुमा अटिजम भएका बालबालिका प्रति नकारात्मक धाराणा र विभेद हुने सम्भावना छ । यस्ता विद्यार्थीहरुले सामान्य कक्षाकोठा नियमहरु पलना गर्न सक्दैनन् ।
उनीहरुको भाषा विकास र सञ्चार शैली फरक हुन सक्छ । जसले गर्दा शिक्षक र सहपाठीसँगको अन्र्तक्रिया सीमित बनाउँछ । अटिजम भएका बालबालिकाको व्यक्तिगत आवश्यकता अनुसार पाठ योजना तयार गर्न समय र स्रोतको अभाव हुने गर्छ । यसले उनीहरुलाई सिकाइ प्रक्रियामा समावेश हुन गाहृो बनाउँछ । कक्षा कोठामा अन्य विद्यार्थीहरुसगँ सामाजिक सम्बन्ध स्थापना गर्न सक्ने अटिजम भएका बालबालिकालाई समस्या हुन सक्छ । अन्य विद्यार्थीहरुले उनीहरुको व्यवहारलाई गलत रुपमा व्याख्या गर्न सक्ने सम्भावना रहन्छ । समावेशी शिक्षाको लागि ठोस नीति भए पनि यसको कार्यान्वयनमा ध्यान दिएको छैन । समावेशी शिक्षाको लागि अभिभावक र विद्यालय बिच निमित संवाद आवश्यक हुन्छ ।
निष्कर्ष – अटिजम भएका बालबालिकालाई समावेशी शिक्षा प्रदान गर्नु भनेको शिक्षामा समानता सुनिश्चित गर्नु हो । तर, यो कार्यान्वयन गर्दा आउने चुनौतीहरु समाधान गर्न शिक्षक, विद्यालय, अभिभावक र सरकारको समन्यवन आवश्यक छ । उचित योजना र सहकार्यबाट मात्र अटिजम भएका बालबालिकाको शिक्षा यात्रालाई सहज र प्रभाकारी बनाउन सकिन्छ ।
(Writer is pecial Educator of Autism and Scholars of Inclusive Education and Special Needs at Kathmandu University )